काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको सनाखत भएको छ । निर्वाचन आयोगमा बुधबार सो पार्टीका नेताहरु तथा सांसदहरुको सनाखत भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाउँदै पार्टीविहिन अवस्थामा पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाउने भएको छ । पार्टीलाई साइकल चिन्ह दिइएको छ ।
सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अब पार्टीको मूल्य, मान्यता अनुसार पार्टी आगामी दिनमा संघर्ष गर्दै अगाडी बढ्ने बताए ।
लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरुको माग र मुद्धामा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट प्रतिवद्धता व्यक्त गरेका कारण वर्तमान सरकारलाई समर्थन गरेको, सो माग र मुद्धाको सम्बोधनका आधारमा सरकारसँग सहकार्य अगाडि बढ्ने बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।