add

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै कांग्रेस जिल्ला सभापतिहरूको धर्ना






ActPro Nepal

|

८ भदौ, २०७८

|
1984

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन्।क्रियाशील सदस्यता विवाद टुंगिएको भनिए पनि सार्वजनिक नगरिएको भन्दै उनीहरू धर्ना बसेका हुन् ।

धनार्मा सहभागीहरूले सूचीकृत सबै क्रियाशीलको नाम हेर्न पाउनुपर्ने माग गरेका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले धर्ना बसिएको कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।


जिल्ला सभापतिको धर्नालाई कांग्रेसका केही केन्द्रीय सदस्यहरूलेसमेत समर्थन जनाएका छन् । कांग्रेस नेता गगन थापा, अर्जुननरसिंह केसी लगाएत धर्नामा पुगेका थिए ।

जिल्ला सभापतिहरूले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, क्रियाशील सदस्यतामा देखिएको विवाद विधान र निर्धारित मापदण्डअनुसार छानबिन गरेर अन्तिम रूप दिनुपर्ने तथा जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा दाेहोरो व्यवस्था हटाएर निर्वाचन निर्देशिकालाई संशोधन गर्न माग गर्दै सभापति देउवालाई भदौ ७ सम्मको अल्टिमेटम दिएका थिए। समयभित्र माग पूरा नभएपछि आजबाट जिल्ला सभापतिहरूले धर्ना सुरु गरेका हुन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.