add

अब भिजिट भिषामा पनि युएई जान सकिने तर यस्तो छ शर्त






ActPro Nepal

|

८ भदौ, २०७८

|
2669

काठमाडौं । आवाशिय भिषा बाहकलाई मात्र दुबई प्रवेशको अनुमती दिएको  दुबई सरकारले अब भिजिट भिषा बाहकलाई पनि दुबई प्रवेश गर्न दिने भएको छ । 

फ्लाई दुबईको वेभसाइटमा उल्लेख भए अनुसार भारत, पाकिस्तान, नेपाल, नाइजेरिया, श्रीलंका वा युगान्डाले जारी गरेको राहदानी बोकेका यात्रुहरु दुबईमा पर्यटक भिसा सहित प्रवेश गर्न सक्ने बताईएको छ ।

तर यि देशहरु बाट दुबई प्रवेश गर्ने यात्रुहरुले १४ दिन अन्य देशमा बिताएर मात्र दुबई प्रवेश गर्न पाउनेछन् । जस्तै: दुबई जान चाहने भिजिट भिषा बाहक नेपालीहरुले नेपाल बाट १४ दिन कतार गएर बसेर त्यसपछि दुबई प्रवेश गर्न पाउनेछन् । यसरी जान चाहने यात्रुहरुले दुबईको रेजीडेंसी र विदेशी मामिला महानिदेशालय ( GDRFA ) को अनिवार्य अनुमती लिनुपर्ने हुन्छ। त्यस्तै उडान हुनुभन्दा ४८ घण्टा भित्रको QR कोड सहितको नेगे’टिभ पिसिआर रिपोर्ट हुनुपर्छ  ।

खालीज टाईम्सका अनुसार यात्रुहरुले उडान हुनुभन्दा ६ घण्टा भित्रको RDT PCR Report पनि बोक्नुपर्ने हुन्छ र दुबई एअरपोर्टमा उत्रेपछि एअरपोर्टमै पुन: अर्को RDT PCR परिक्षण गर्नुपर्ने हुन्छ । एअरपोर्ट बाहिर निस्केपछि फेरी अर्को पिसिआर परिक्षण पनि गर्नुपर्ने हुन्छ । त्यस्तै बंगलादेश, ईन्डोनेशिया तथा अफगानस्थान बाट युएई प्रवेशमा तत्कालको लागी रोक लगाईएको समाचारमा जनाईएको छ ।

तर यो नियम कूटनीतिक, आर्थिक र वैज्ञानिक मिशनका सदस्यहरु, यूएई नागरिकहरु, युएई गोल्डन भिसा धारकहरुको लागी भने लागु हुने छैन । यो सुविधा दुबई भिषा बाहकलाई मात्र हो या सबै ईमिरेट्समा लागु हुने हो त्यो चै खुलिसकेको छैन ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.