add

मोटरसाइकलमा लागुऔषध राखी प्रहरीले फसाउन खोजेका पत्रकारलाई सीसी क्यामराले बचायो, प्रहरी निलम्बित






ActPro Nepal

|

७ भदौ, २०७८

|
1169

रौटहट। मोटरसाइकलमा आफैले लागुऔषध राखेर पत्रकारलाई फसाउन खोजेका प्रहरीको कर्तुत सीसीटीभी क्यामराका माध्यमबाट पर्दाफास भएको छ । घटना रौतहतको हो । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजेका प्रहरीका दुई घुमुवालाई संगठनले निलम्बन गरेको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका छन् । उनीहरुमाथि अनुसन्धान समेत शुरु भएको छ ।



निलम्बन अघि घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिएको हो । त्यसपछि प्रदेश प्रहरी कार्यालयले असई यादव र जिल्ला प्रहरी कार्यालय रौतहटले जवान यादवलाई निलम्बन गरि अनुसन्धान अगाडी बढाएको जानकारी गराएका छन् ।

साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो । घुमुवा प्रहरीको संलग्नता र योजनामा धिरज यादव र जितकुमार यादवले मोटरसाइकलमा लागू पदार्थ राखेको सीसीटीभी फुटेजमा भेटिएको थियो ।

दुवै जनालाई आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जानकारी गराएको छ । पत्रकारले प्रहरीका गलत कामको भण्डाफोर गर्ने गरि समाचार लेखिरहेका थिए । सोही रिसिवीका कारण पत्रकारलाई फसाउन खोजिएको आरोप लागेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.