add

ओलीले पठाएको २६० सदस्यीय कमिटीलाई निर्वाचन आयोगले मान्यता नदिने






ActPro Nepal

|

६ भदौ, २०७८

|
992

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा पठाएको २ सय ६० सदस्यीय केन्द्रीय कमिटीलाई तत्काल मान्यता नदिने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर मंगलबार निर्वाचन आयोगलाई उक्त संख्यामा केन्द्रीय कमिटी रहेको पत्र आयोगमा पठाएका थिए । 

कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यसबखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले जनाएको छ । 

एमालेका वरिष्ठ नेता माधव नेपालले आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा एमाले केन्द्रीय कमिटीमा २ सय ३ सदस्य रहेकाले आयोगले यही संख्यालाई आधिकारिक मानेको हो । 

निर्वाचन आयोगले माधव नेपाल पक्षलाई नयाँ दल  ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न ९ भदौमा आयोग बोलाएको छ । आयोगका अनुसार सनाखतका क्रममा नेपाल पक्षले अब २ सय ६० को २० प्रतिशत नभई २ सय ३ बाटै २० प्रतिशत पुर्‍याउन सके नयाँ दल दर्ता हुने छ । 

मंगलबार बसेको एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकपछि एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटी अद्यावधिक गर्दै ५७ जना केन्द्रीय सदस्य थपेर सबै सदस्यको नाम आयोगमा पठाएका थिए । उनले नेपालले २ सय ६० संख्याबाट २० प्रतिशत पुर्याउन कठिन हुने आकलन गर्दै केन्द्रीय कमिटी सदस्य संख्या थपेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.