add

संसद्मा गोकुल बास्कोटाको प्रश्न - अफगानिस्तानका नेपाली उद्धार गर्न सरकारले के गरिरहेको छ?






ActPro Nepal

|

३२ साउन, २०७८

|
1086

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले अफगानिस्तानका नेपाली उद्धार गर्न सरकारले के गरिरहेको छ, भन्दै प्रश्न गरेका छन्। 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यहाँका नेपाली उद्धारमा सरकारले के गरिरहेको छ भन्दै प्रश्न गरेका हुन्।

बास्कोटाले अफगानस्तानमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन सरकार गम्भीर नभएको जिकिर गरेका छन् । उनले अहिलेको सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको र सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धनका दलले हिरो बनाए पनि अहिले देउवा जिरो हुँदै गएको उनकाे दाबी छ ।

‘परमादेश सरकारका हिरो प्रधानमन्त्रीले अफगानिस्तानमा रहेका नेपालीलाई नेपाल ल्याउन सकेको छैन । संसारभरले थाहा पाएको त्यो घटना कि नेपाल सरकारले थाहा पाएको छैन ?’ उनले प्रश्न गरे । अफगानिस्तानमा तालिवानको विद्रोहले देशमा कस्तो प्रकारको राजनीतिक मोडेल बनाउने त्यसको फैसला जनता आफैंलाई गर्न दिनुपर्ने सन्देश प्रवाह गरेको बास्कोटोको भनाइ छ । 

उनले विदेशी शक्तिहरूको बलले कुनै पनि देशको राजनीति स्थिर नहुने बताए ।

‘अफगानिस्तानमा तालिवानको युद्धले देशमा जनताले नै उपयुक्त राजनीतिक मोडेल बनाउँछन् भन्ने सन्देश दिएका छन् । नेपालले पनि यसबाट शिक्षा लिन जरुरी छ,’ उनले भने । अफगानिस्तानका राष्ट्रपतिल अस्रफ घानीलगायत उच्च पदस्थ अधिकारी अमेरिकाको ग्रिन कार्ड होल्डर भएकाले उनीहरूले जनताका पक्षमा काम गर्न नसकेपछि तालिवानले देशबाट लखेटेको बास्कोटोको भनाइ छ ।

०७३ सालमा अफगानिस्तानमा युद्ध हुँदा त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै राष्ट्रिय ध्वजाबाहक अफगानिस्तानतर्फ पठाएर नागरिकको उद्धार गरे पनि अहिलेको सरकारले त्यस्तो काम गर्न नसकेको बास्कोटोले जिकिर गरे । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै बास्कोटाले यस्तो बताएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.