add

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस






ActPro Nepal

|

३२ साउन, २०७८

|
1426

काठमाडौं । सरकारले नम्बर २ का प्रदेश प्रमुख परिर्वतन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गरेको हो ।  झाको ठाँउमा हरिशंकर मिश्र नियुक्त गर्ने निर्णय गरेको छ। 

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् । 

महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट संसद समेत निर्वाचित भएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.