काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ ।
रियलले डिपोर्टिभो एलाभेसमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्दै नयाँ सिजनमा जितसहित सुखद सुरुवात गरेको हो ।
स्टेडियो डि मेन्डीजोरोज्जा भिटोरिया गास्टेइजमा शनिबार राति भएको खेलकाे ४८औं मिनेटमा बेन्जेमाले गोल गर्दै अग्रता दिलाए । ५६औं मिनेटमा नाचो फर्नान्डेसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ६२औं मिनेटमा बेन्जेमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्यो । खेलकाे ६५औं मिनेटमा जोसेलुले गोल गदै खेललाई ३–१ को अवस्थामा ल्याउदै एलाभेसलाई खेलमा फर्कने संकेत दिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सव्सिच्युट ब्राजिली विंगर भिनि जुनियरले गोल गर्दै रियललाई ४–१ को फराकिलो जित दिलाए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।