add

बैंकिङ कसूरमा १० वटा मुद्दा लागेका केदार ढुंगाना पोर्चुगलमा पक्राउ






ActPro Nepal

|

३१ साउन, २०७८

|
1018

काठमाडौं । देव विकास बैंकको झण्डै ३ करोड रकम हिनामिना गरेर फरार भएका केदार ढुंगानालाई पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

पोर्चुगल प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले काभ्रे भुम्लु गाउँपालिका–१ का ४३ वर्षीय ढुंगानालाई शनिबार काठमाडौं ल्याएको हो।

बैंकिङ कसुरमा इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेका अभियुक्त ढुंगानालाई पोर्चुगल प्रहरीले पक्राउ गरेको थियो। ढुंगानालाई काठमाडौं ल्याउना साथ अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) को हिरासतमा राखिएको छ ।

सिआईबी प्रमुख डिआईजी धिरजप्रताप सिंहले डुंगानालाई हिरासतमा राखिएको पुष्टि गर्दै भोलि अदालत पेश गरिने जानकारी गराए । ढुंगानामाथि कीर्ते कागजात बनाएर देव विकास बैंकको दुई करोड ७१ लाख ७६ हजार रूपैयाँ सवारी कर्जा हिनामिना गरेको आरोप छ ।

उक्त प्रकरणमा उनीसहित १२ प्रतिवादी थिए। ढुंगानाविरूद्ध जिल्ला अदालत काठमाडौंमा पाँच र ललितपुर जिल्ला अदालतमा १० थान मुद्दा दर्ता भएका थिए। ललितपुर अदालतमा परेका १० वटै मुद्दामा उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना सजाय तोकिएको थियो।

२०७७ साल पुस २० गते फैसला भएकोमा उनी फरार भएर युएई पुगेका थिए। अन्य व्यक्ति भने पक्राउ परिसकेका थिए।

प्रतिवादीहरूको बयानबाट ढुंगानाको संलग्नता खुलेपछि २०७५ साल पुस ४ गते प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो।

तर, उनी नेपालमा नरहेको पाइएपछि २०७५ पुस १७ गते डिफ्युजन नोटिस जारी गरिएको थियो । तरपनि उनी नभेटिएपछि २०७८ वैशाख १ गते इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.