add

सडक दुर्घटनाः सडक बिभाग बेपत्ता,बिभागको काम नेपाल प्रहरीले गदै






ActPro Nepal

|

२९ साउन, २०७८

|
2533

शारदा घिमिरे काठमाडौं । सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । 

जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो ।

तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नेपालीहरुले अकाल मृत्युवरण गर्नु परेको छ । अपांङ्ग भएर बांच्न बाध्य छन, धनको क्षति त्यतीकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ ।


यस्तो, अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु को–को हुन्, न्युनीकरणका लागि के गर्नु पर्छ, नीतिगत रुपमा के परिवर्तन गर्नु पर्छ भन्ने बारेमा सवैको ध्यान आकृष्ट हुन जरुरी छ ।

सरकार फेरियो, सडकमा खाल्डाखुल्डी पर्ने र तीनलाई पुर्ने क्रम पनि चलिरहयो । तर पनि काठमाडौं उपत्यकामा सडकको दुरावस्था कहिल्यै अन्त्य नहुने टालटुले काम हुने गरेको भन्दै यही सडकलाई नै देखाएर सरकारको धेरै आलोचना हुँदै आएको छ । 


सडक भने धुलो र खाल्डा खुल्डीले अझै विरुप नै छ। कतै खानेपानीको पाइपबाट लिकेज भएका कारण सडक हिलाम्मे पनि छ। 

त्यस्तै त्रिपुरेश्वर चोकमा ढलको ढक्कन बिग्रेको महिनौं भयो,सडक विभाग,तथा स्थानीय सरकारको बनाउने कुनै चासो देखाएको छैन। यो खाल्डोले जनता आजीत भएको र दुर्घटना पनि भएको छ। ठूला गाडीको पछाडि हिड्ने मोटरसाईकल, स्कुटर, खाल्टाखुल्टिमा परेर समान्य दुर्घटना भएको छ। रातको समयमा ठुलो दुर्घटना नहोला भन्न सकिदैन यतिबेला सम्म न सडक विभाग देखियो त्यो क्षेत्रमा न महानगरपालिका देखियो ।


सामान्यतया अरु कारणले सडक अबरुद्ध भएपछि अबरोध हटाएर सडक सुचारु गर्नुपर्ने काम सडक विभा ,तथा स्थानीय सरकारको हो । तर सडक विभागको काम ट्राफिकले गर्दै छ । ट्राफिक प्रहरी हातमा विभिन्न सामाग्री लिएर कैले जलमग्न सडक खुलाउने काममा ब्यस्त हुन्छ त कैले खाल्डा खुल्डीले पुर्नी काम मा ब्यस्त हुन्छ । त्रिपुरेश्वर चोक मा  महानगरीय  ट्राफिक प्रहरी प्रभाग थापाथलीका प्रहरी प्रमुख निरीक्षक प्रसिद्धिका कडेंलले आफै सडकमा नलिको खाल्डा खुल्डीले हुने सम्भाबित दुर्घटना रोक्न कोनले छेक्दै  ।


सामान्यतया अरु कारणले सडक अबरुद्ध भएपछि अबरोध हटाएर सडक सुचारु गर्नुपर्ने काम सडक विभाग ,तथा स्थानीय सरकारको हो ।तर अधिकांश अवस्थामा सडकको खाल्डाखुल्डी पुर्न प्रहरीले श्रमदान गरिरहेका हुन्छन् । 

सडकमा हुने खाल्डा खुल्डी सडक विभाग ,तथा स्थानीय सरकार सामान्य देख्छ खाल्डा खुल्डीले ठुलो दुर्घटना निम्ताय जिम्मेवार को हुन्छ ?


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.