काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपालले चार स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको अपडेटअनुसार चार स्थान उक्लिएको नेपाल १६८ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १७१ औं स्थानमा थियो ।
विश्व बरियताको शिर्ष स्थानमा बेल्जियम रहेको छ । बेल्जियम १८२२.३४ अंकसहित शिर्ष स्थानमा रहेको हो ।
त्यस्तै, दोस्रोमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा इङ्ल्याण्ड पाचौंमा इटाली रहेका छन् । त्यस्तै, क्रमश अर्जेन्टिना, स्पेन, पोर्चुगल मेक्सिको र अमेरिका छैटौ, सातौ, आठौं, नवौं र दशौ स्थामा छन् ।
एसियामा भने जापान पहिलो स्थानमा रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।