काठमाडौं । ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी र कडाई गर्न आजदेखि ‘हर्न निषेध’ का लागि स्टिकर टाँस्ने अभियान शुरू गरेको छ । आजदेखि सवारी चालकले देख्ने गरि अगाडीको सिसामा स्टिकर टाँसिएको महाशाखाले जनाएको हो ।
ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले ‘नो हर्न’ अभियानलाई थप कडाई गर्न आजैवाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरि अभियानलाई शुरु गरेको जानकारी दिए ।
उनले केहि समय यता अनावश्यक हर्नको प्रयोगमा क्रमश बृद्धि भैरहेको महशुस गर्दै यसलाई थप कडाई गर्न अभियानलाई पुन गति दिएका बताए ।
जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरि हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पुर्ण सवारी चालकहरुलाई बिशेष अनुरोध गरेको छ ।
२०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरे पश्चात हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुवाती दिनहरुमा यसको कार्यान्वयनमा कडाई गरेको देखिएता पनि कोरोना संक्रमण पछिका दिनहरुमा क्रमश हर्नको प्रयोगमा बृद्धि हुदै गएको देखिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।