काठमाडौं । काठमाण्डौ टोखा नगरपालिका धनेश्वरबाट हराएको प्रदेश ३-०२-००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट सूर्यगढी गाउँपालिका- ४ घर भई हाल काठमाण्डौ वनस्थली बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका- ६ घर भई हाल काठमाण्डौ तारकेश्वर- ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् ।
यी दुवैलाई ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्वर- ६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी.सी.को पल्सार मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निग्रानी पश्चात नम्वर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।
उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका धनेश्वरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका- ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निवेदन यस महाशाखामा दिएका थिए ।
पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।