काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले स्थायी कमिटी बैठक शनिबार (आज) बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् ।
दिउँसो २ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय विभागहरुलाई पूर्णता दिने बताइएको छ ।
त्यस्तै बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।
वरिष्ठ नेता माधव नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बसेको थिएन ।
यसबीचमा धेरै प्रयास भए पनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले बैठक बोलाइएको तामाङको भनाइ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।