add

सत्ता गठबन्धन बैठक मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई, ओलीले गरेका नियुक्ति खारेज गर्ने






ActPro Nepal

|

१३ साउन, २०७८

|
1125

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ।   

प्रधानमन्त्री निवास बालुवाटारमा  बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिएको हो।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्ष रहेको छ । 

दलहरुले मन्त्री हुनेहरुको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तार ढिला हुँदै गएको छ। 

त्यस्तै गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिको खारेजी प्रक्रिया अघि बढाउने समझदारी गरेको स्रोतले जनाएको छ । 

सरकार विस्तार छिटो गरेर मुद्दा नपर्ने गरी राजनीतिक नियुक्ति खारेज गरी सोही आधारमा नियुक्ति प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको जनाईएको छ ।  

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए। 

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपा बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायत सहभागी थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.