add

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता, एमसीसीबारे छलफल






ActPro Nepal

|

१३ साउन, २०७८

|
1348

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भएको फोन संवादमा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोनमा अमेरिकाले दिएको खोप तथा अन्य मेडिकल सामग्रीको सहयोगका विषयमा छलफल भएको थियो। 

विदेशमन्त्री ब्लिन्केनसँग प्रधानमन्त्री देउवाको टेलिफोन संवादमा अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विषयमा पनि छलफल भएको जारी विज्ञप्तिमा उल्लेख छ। तर, के छलफल भयो भन्ने कुरा उल्लेख गरिएको छैन। 

अमेरिकी सहयोगको एमसीसी परियोजनामा नेपालले हस्ताक्षर गरेको चार वर्ष बितिसकेको छ। तर, संसद्बाट सम्झौता अनुमोदन हुन नसक्दा



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.