काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
बैठकले गुरुङलाई गण्डकी र शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि मन्त्रिपरिषद्ले गण्डकीको प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्तको सिफारिस गरेको थियो।
दुवै जनालाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।