काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संघीयताको खारेजी तथा धर्म निरपेक्षताका सम्बन्धमा जनमतसंग्रह आवश्यक रहेको भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको प्रस्तावमा असन्तुष्टि जनाएका छन् ।
साेमबार मिश्रले धर्मनिरपेक्षता र संघीयताका विषयमा जनमत संग्रहमा जानुपर्ने प्रस्ताव गरेका थिए । संयोजक पाण्डेले उक्त प्रस्तावमाथि खण्डनसहित आलोचनात्मक टिप्पणी गर्दै प्रस्तावलाई (नितान्त व्यक्तिगत) भनेका छन् ।
पार्टीको घोषणापत्र, प्रस्तावित विधानअनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो, पाण्डेले फेसबुकमा लेखेका छन्, 'विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू 'नितान्त व्यक्तिगतु हुन् ।'
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।