add

जसपा विवाद- 'हेड काउन्ट' हुने भएपछि जेलमा रहेका रेशम चौधरी पनि निर्वाचन आयोग जाँदै






ActPro Nepal

|

११ साउन, २०७८

|
1627

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद पार्टी विवाद टंग्याउने विषयमा सनाखतका लागि निर्वाचन आयोग जाने भएका छन् ।

टिकापुर घटनामा जेलमा रहेका चौधरी निर्वाचन आयोगमा नै पुगेर सनाखत जाने भएका हुन् ।

जसपाको आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगद्धारा गठित ५ सदस्यीय इजलासले जसपाको कार्यकारिणी सदस्य हेड काउन्ट गरेर विवाद टंग्याउने निर्णय गरेको हो ।

त्यसका लागि निर्वाचन आयोगले जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि सोमबार आयोगमा बोलाएको छ । आयोगले आजै सो विषयमा निर्णय पनि गर्नेछ ।

रेशम चौधरीले कसको पक्षमा सनाखत गर्छन् भन्ने अझै खुलेको छैन ।

अहिलेको परिस्थित नै यथावत रहने हो भने उपेन्द्र यादवका पक्षमा धेरै सदस्यहरु रहेका छन् । सदस्यहरुले पक्ष परिवर्तन भन्ने हेतुले यादवले आफू पक्षका कार्यकारिणी सदस्यहरुलाई एक होटलमा राखेको बुझिएको छ ।

उता अर्का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको हेड काउन्ट गर्ने कदमको रोक गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गराएका थिए । तर आइतबार सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगालाई आज निर्णय गर्न बाटो खुलेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.