काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याका दोषी पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका छन् ।
धानमन्त्री देउवाले आइतबार गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा (आईजीपी)लाई बालुवाटार बोलाएर निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।
उनले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन गृहमन्त्री खाँण र आईजीपी थापालाई बालुवाटारमा बोलाएर पन्त हत्यासँग सम्बन्धित हालसम्मको अनुसन्धानबारे जानकारी लिएका थिए । उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिए ।
निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएकाे छु। चाँडोभन्दा चाँडाे दाेषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु । pic.twitter.com/utxVkTHE7v
— Sher Bahadur Deuba (@SherBDeuba) July 25, 2021
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।