add

कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त






ActPro Nepal

|

१० साउन, २०७८

|
1835

काठमाडौं  । नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।  

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री देउवाले पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा तानेका हुन् ।

 योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ,' राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.