add

म ढलेको होइन, राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिएको हुँ : भीम रावल






ActPro Nepal

|

१० साउन, २०७८

|
2221

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रचण्डको अभिव्यक्तिप्रति आफ्नो जवाफ फर्काएका छन्  । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको पाँचदलीय  गठबन्धनबाट आफूलाई ‘ढलेको’ आरोप लगाएपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लामो जवाफ फर्काएका हुन। 

शनिबार एक सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पााँचदलीय गठबन्धन फुटाउन प्रतिपक्षीबाट ‘टर्च बालेर प्वाल खोज्ने’ काम भइरहेको टिप्पणी गर्दै रावलले प्रतिनिधि सभाबाट राजीनामा घोषणा गर्नु यसैको ‘एउटा खेल’ भएको आरोप लगाएका थिए।  

त्यसको जवाफ दिँदै रावलले भनेका छन्, ''प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल 'प्रचण्ड'जीले भन्नुभएझैं 'ढलेको' होइन।''

राजीनामा दिनुअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका रावलले आफू अझै पनि एमाले एकताको पक्षमा रहेको जिकिर गरेका छन्। ''मैले स्वच्छ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई नेताहरुबीच फाटो ल्याउने काम ठान्नु बिग्रहकारी चिन्तन हो,'' राजीनामा फिर्ता लिएपछि रावलले भनेका छन्, ''पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।''

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन वरिष्ठ नेता नेपालले निर्देशन दिएको उल्लेख गर्दै त्यसमा पनि असहमति जनाएका छन्। रावलले भनेका छन्, ''एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी र अन्य राष्ट्रियहितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?''

स्वार्थ मिल्दा पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै अब त्यसमा सामेल नहुने संकेत गरेका छन्। पछिल्लो समय वरिष्ठ नेता नेपाललाई छाडेर अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिन खोजेको समाचार आइरहेका बेला उपाध्यक्ष रावलले आफ्नो पार्टी फुटाएर गठबन्धनमा सामेल नहुने बताएका छन्।

रावलले भनेका छन्, ''कोही पनि आफ्नो पार्टी फुटाएर अरु कसैको सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।''





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.