add

महेश बस्नेतकाे धम्की-एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्छौं






ActPro Nepal

|

१० साउन, २०७८

|
1121

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा युथ फोर्सको भ्याली कमान्ड घोषणा क्रार्यक्रममा युवा संघका इन्चार्जसमेत रहेका एमाले नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमालेलाई फुटाउने षड्यन्त्र भइरहेको बताएका छन  ।

उनले भने, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ ।’ 

बस्नेतले सत्तारुढ गठबन्धनसँग १ सय २९ सांसद्मात्र भएको दाबी गर्दै राष्ट्रपतिमाथि महाअभियोगको विषयमा नसोच्नसमेत चेतावनी दिएका छन । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.