add

‘धारा ७६ (५) किन लेख्नुभो भनेर नेम्वाङलाई सोध्नेवाला थिएँ जवाफ नसुनि उल्टो बोलेर हिँड्नुभो’






ActPro Nepal

|

८ साउन, २०७८

|
2019

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको तर गलत ब्याख्या गरेको बताए। 

बैठकको सुरुमै प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा बोलेका नेम्वाङ देउवाले धन्यवाद मन्तव्य दिने क्रममा संसद भवनबाट हिँडिसकेका थिए। 

‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ’,नेम्वाङप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, धारा ७६ (५) किन राख्नुभो भनेर सोध्नेवाला थिएँ। अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो, राम्रो ब्याख्या गर्नुहोला भनेको तर उल्टो बोलेर हिँड्नुभो’

नेम्वाङले अब कहिल्यै पनि संविधान भत्किने छैन र संसद भंग हुने छैन भनेको आफूले  सम्झिरहेको देउवाको भनाइ थियो। उनले आफूहरुले विश्वासको मत लिने क्रममा ह्वीप जारी नगरेको पनि स्पष्ट पारे। 

‘ह्वीप लगाएको होइन, भोट हाल भनेको हो', उनले भने, 'अनुरोध गरेको कुरालाई ह्वीप भन्न कहाँ मिल्छ ?’ 

उनले अब आफ्नो सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको भन्दै जति महंगो भए पनि किनेर सबैलाई उपलब्ध गराउने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.