add

गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, ६ मन्त्रीले लिए शपथ






ActPro Nepal

|

८ साउन, २०७८

|
1373

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

गण्डकी सरकारमा कांग्रेसबाट मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका हुन।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामजी बराल अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्‍यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन्।

योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ। यसअघि कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बनेका थिए।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.