add

ओली ज्यू ! अहंकारले कांग्रेसको अन्तिम सरकार भन्नुहुन्थ्यो, दुईतिहाई बहुमत कहाँ गयो ?






ActPro Nepal

|

८ साउन, २०७८

|
1847

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारकै कारण शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्ने उनकै उक्ति उल्टिएको बताएका छन् ।

शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै उनले भने,'आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसकेर, जनतालाई दिएको वाचा पूरा गर्न नसकेर र विधि मिचेर बहुमतको हुंकार गर्दा उहाँको विगतको भनाइ नै उल्टियो । निवर्तमान प्रधानमन्त्रीले नै हो, शेरबहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नभुएको,' उनले भने ।

दुईतिहाइ बहुमत प्राप्त गरेको सरकारले विधि र विधान मिचेर अघि बढेपछि सर्वोच्चले संविधान स्मरण गराइदिएको उनले बताए । देउवा सर्वोच्चको परमादेशबाट नभई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेको उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.