add

रसुवागढी नाकाबाट १८ अर्बभन्दा बढीको वस्तु आयात






ActPro Nepal

|

८ साउन, २०७८

|
902

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट गत आर्थिक वर्ष २०७७÷७८ मा १८ अर्ब ३४ करोडभन्दा बढीको मालवस्तु आयात भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार १ वर्षमा अवधिमा सो नाकाबाट कुल १८ अर्ब ३४ करोड ५४ लाख ६१ हजार रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको हो ।

आयातित मालसामग्रीको मूल्यांकनबाट भन्सार, अन्तःशुल्कका साथै मूल्य अभिवृद्धि कर समेत गरी तीन शीर्षकबाट गत आवमा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार राजस्व असुली भएको छ । सो रकम राज्य कोषमा दाखिला भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिएका छन् । प्राप्त राजस्व अघिल्लो आवको तुलनामा ५७ प्रतिशतले कम हो ।

अघिल्लो आवमा ८ अर्ब २७ करोड ४५ लाख राजस्व असुली भएकोमा गत आवमा सामानको आयात परिमाण न्यून हँुदा भन्सार शुल्कबाट उठ्ने राजस्वमा कमी आएको भन्सार कार्यालयले बताएको छ । राजस्व घट्नुको मुख्य कारण भने दोस्रो लहरको कोभिड संक्रमण भएको कार्यालयको भनाइ छ । कोभिड महामारी नियन्त्रणका लागि गतवर्षदेखि नै नेपाल–चीनबीचको रसुवागढीस्थित लेहेन्देखोला मितेरी पुलबाट केरुङका लागि सवारीसाधनका साथै मानिसको आवागमन समेत बन्द भई सामग्री आयात घटेकाले राजस्व असुलीमा कमी आएको भन्सारका कर्मचारी बताउँछन् । उक्त भन्सार नाकाबाट सामान्य अवस्थामा दैनिक ५० कन्टेनरभन्दा बढी माल सामग्री आयात हुने नाकामा अहिले १५ कन्टेनर मात्र आयात भइरहेको छ ।

गत आवमा रसुवागढी नाकाबाट चीनमा निर्मित सानाठूला ५६८ सवारीसाधन भित्रिएका छन् । कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार यसरी आयात भएका सवारीसाधनमा किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, एम्बुलेन्स पाँच, जीप, कार र भ्यान ५०, सामान बोक्ने ठूला टिपर १३० र ३० सीट क्षमताका चारओटा विद्युतीय बस छन् ।

व्यापारी तथा व्यावसायिक कम्पनीले झिकाएका ती सवारीसाधनको भन्सार प्रक्रिया पूरा भई प्रायः आ–आफ्ना गन्तव्यतर्फ लागिसकेका र भन्सार हाताबाट लैजान बाँकी सवारीसाधन काठमाडौंका लागि प्रस्थान गराउने तयारी भएको उनले बताए । यस्तै उक्त नाकाबाट आयात भएका अन्य सामग्रीमा तयारी पोशाक, जुत्ता तथा चप्पल, जिपकार भ्यान, होजियारी कपडा, ब्याग, मोबाइलका ब्याट्री, स्वास्थ्यका सामग्री, स्याउ, ओखर एवं लसुनलगायत रहेको बताइएको छ । नेपालका विभिन्न नदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई आवश्यक पर्ने चिनियाँ उपकरणसमेत आयात भइरहेको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.