add

डिशहोम फाइबरनेट सेवा धरानमा शुरु






ActPro Nepal

|

७ साउन, २०७८

|
2107

काठमाडौं । डिशहोमको फाइबरनेट सेवा धरानमा विस्तार भएको छ । देशका मुख्य शहरमा आफ्नो सेवा विस्तार गर्ने क्रममा डिशहोमले फाइबरनेट सेवा धरानमा पनि शुरु गरेको हो ।

हाल देशका मुख्य शहरहरु काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इँटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा डिशहोम फाइबरनेटको सेवा उपलब्ध छ ।

छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, वीरगंज लगायत अन्य शहरमा पनि आफ्नो सेवा विस्तार हुने कम्पनीले जनाएको छ ।

देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले शुुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.