add

साउन १४ देखि ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओ जारी गर्दै मैलुङ खोला जलविद्युत






ActPro Nepal

|

६ साउन, २०७८

|
1624

काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याउने भएको हो ।

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत (१४ हजार ७२६ कित्ता) कम्पनीक कर्मचारी र ५ प्रतिशत (३६ हजार ८१४) कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यस अघि नै आयोजना प्रवाभित रसुवाका स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ विक्री गरिसकेको छ ।

कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ विक्री नभएमा भने साउन २८ गतेसम्म आवेदन दिन पाइने छ ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटल रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।

कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.