add

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत






ActPro Nepal

|

३ साउन, २०७८

|
1317

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।

देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन्।

प्रतिनिधि सभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा १६५ सांसदले मत दिए। त्यस्तै, विपक्षमा ८३ सांसदले मत दिए। मत दिन्र भन्रेमा १ मत परेको छ।

नेपालको संविधानको धारा ७६ को उपधारा ६ अनुसार देउवाले प्रतिनिधि सभामा पेश गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रतिनिधि सभाको विश्वास रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जानकारी दिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले देउवालाई मत दिए।

प्रधानमन्त्री देउवालाई विश्वासको मतका लागि १३६ सांसद आवश्यक थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा अहिले २७१ सांसद रहेका छन्।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गर्दै सात दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। त्यहिअनुसार, सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन्।

देउवा २९ असारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। यस उपधारा अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यहि व्यवस्थाअनुसार, देउवाले आज विश्वासको मत लिएका हुन्।

योसँगै देउवा नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.