add

सेनाले दियो नेपाल प्रहरीलाई तीन सय थान हतियार






ActPro Nepal

|

२१ असार, २०७८

|
588

काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय नाल हतियार हस्तान्तरण गरेको छ । जंगी अड्डामा आज सोमबार आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

त्यस्तै नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि विभिन्न प्रकारका राइफल, सव मेशिन गन, लाईट मेशिन गनहरु गरि जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने भएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिइ यी हतियार नेपाल प्रहरीलाई दिन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिने भएको छ । ती उपलव्ध गराईने हतियारहरुको मर्मत तथा संचालन तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको जनाएको छ । यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.