add

३० हजार घुससहित सव-इन्जिनियर पक्राउ






ActPro Nepal

|

२१ असार, २०७८

|
759

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित सव इन्जिनियर पक्राउ गरेको छ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामा कार्यरत सव(इन्जिनियर राजन पासवानलाई ३० हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्।

उनका अनुसार भूकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट खटि गएको टोलीले  घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.