काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाको बिभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढिसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई आज बिभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारी देखी निजि सवारी साधनका चालकहरु समेत रहेका छन ।
हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । बैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारी साधनबाट ठगीन सक्ने हुनाले ट्राफिक प्रहरीले बिशेष सक्रियता देखाउदै आएको छ ।
जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनस् यात्रुहरु ठगीन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरि अपरेसन टोली परिचालन गरेका छौ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरि यात्रुसँग बढि भाडा लिएका व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१-०१-००१ ज ३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ बर्षे पुण्य प्रसाद गिरी, बा २० च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ बर्षे सन्त बहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका बर्ष २६ का खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढि भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरि कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।
त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ को राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियो सहित प्रयोजन बिपरीत भाडामा यात्रु बोकेको अबस्थामा नियन्त्रणामा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे संजय खड्कालाई समेत यात्रुसँग बढि भाडा लिदै गरेको अबस्थामा नियन्त्रणमा लिइ प्रहरी बृत्त सातदोबाटोमा बुझाएको छ ।
अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४ च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका बर्ष३९ को हरेन्द्र बुढाथोकी रहेका छन । पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेको र तोकिएको भन्दा बढि भाडा लिएमा वा निजि गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिने समेत एसएसपी भट्टराईले बताए । ।
ट्राफिक प्रहरीले यात्रुसँग बढि भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।