add

तोकिएको भन्दा बढि भाडा लिने ८ व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा






ActPro Nepal

|

१६ असार, २०७८

|
972

काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिने ८ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढि भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ वसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, बर्ष ३८ का कुशलराम बस्नेत, बर्ष २८ का गिम बहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दिप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् ।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले बढि भाडा लिन सक्ने सम्भावित काउण्टरहरुमा निग्रानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

काठमाडौंबाट बा१६च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ बर्षे राकेश रसाईली पक्राउ परेका छन ।

रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए । यसैगरि चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति ब्यक्ति ५ हजारसम्म भाडा लिने २५ बर्षका झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढि भाडा लिएपछि पक्राउ परेका हुन । पक्राउ परेका ब्यक्तिहरुलाई आबश्यक कारवाहीको लागी प्रहरी बृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञा पश्चातको यो अबधीमा उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा आठ गुणाबढि सम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरि कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाले तोकिएको भन्दा बढि भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

भाडामा यात्रु ओसार्ने ४७ वटा नीजि सवारी साधनहरू कारवाहीमा

बिशेषगरी काठमाडौ उपत्यका बाहिरने यात्रुहरुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ ।

त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको महाशाखाले जनाएको छ ।

“भाडाका सवारी साधनहरुको जस्तै बोलेरो, स्कार्पियो लगायतका निजि सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको पाईएकोले नियन्त्रण एव कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिए ।

उनले जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएको समेत बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.