add

थापा एआईजी बढुवाका लागि सिफारिस






ActPro Nepal

|

१४ असार, २०७८

|
1479

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । 

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

थापा पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । 

थापा एआईजीमा बढुवा सिफारिस भएसँगै अब आईजीपीका लागि उनले एआईजी विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई मात्रै दरबन्दी थप गरी एआईजीमा बढुवा गरेको थियो । जसले गर्दा सरकारको चर्को आलोचना भएको थियो । सरकारले गल्ति सच्याएर अहिले भने आईजीपीमा प्रतिस्पर्धा गर्न पाउने गरी एआईजीको दरबन्दी थप गरेको हो ।

हाल  प्रहरीमा प्रशासनतर्फ चार जना एआईजी छन् । चारमध्ये हरि पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाकै व्याची हुन् । उनीहरू सबैले एकै मितिमा अवकाश पाउनेछन् ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.