add

स्वास्थ मन्त्री तामाङले सहयोगको अपिलपछि सिन्धुपाल्चोक बाढीपीडितलाई काठमाडौं महनागरले २ करोड दिने






ActPro Nepal

|

३ असार, २०७८

|
827


काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले पहल गरेपछी काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बढी तथा पहिरो पिडितको लागि २ करोड बिनियोजन गरेको छ । मन्त्री तामाङको विशेष अनुरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ करोड बिनियोजन गरेका हुन् ।

आज विहान मन्त्री तामाङले मेयर शाक्यलाई कार्यालयमै बोलाएर भेटेपछि मेयर शाक्यले राहत घोषणा गरेका हुन् । अहिलेलाई २ करोड सहयोग उपलब्ध गराउने र आवश्यक परे थप सहयोग गर्न मेयर शाक्य तयार रहेको मेयरले जनएको मन्त्रीको सचिवालयले बताएको छ । मन्त्री तामाङकै पहलमा अनेरास्ववियु युवा संघ लगाएत विभिन्न संघ संस्था राहत लिएर सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.