add

उच्च शिक्षा सुधारका लागि सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा






ActPro Nepal

|

३० जेठ, २०७८

|
1168

काठमाडौ । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकको कार्यकारी निर्देशकहरुको बैठकले शुक्रबार उक्त सहयोग स्वीकृत गरेको छ।

उक्त सहयोग नेपालको उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर बढाउन र विपन्न एवं कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उपलब्ध गराइएको हो।

उक्त सहयोगले गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीहरूलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न मद्दत गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फरिस हदद–जर्भोसले बताए ।

उच्च शिक्षासँग सम्बन्धि अघिल्ला परियोजनाहरुले राम्रो नतिजा दिएको उल्लेख गर्दै विश्व बैंकले यो सहयोगले पनि उच्च शिक्षा सुधारमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरेको छ।

यसले नेपालको उच्च शिक्षालाई श्रम बजारको आवश्यकतासँग जोड्न र विशेषगरी अवसरबाट वञ्चित विद्यार्थीहरुका लागि उपयोगी बनाउन सहयोग पुग्ने बताइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.