काठमाडौ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै बिशेष तरिकाले मनाएका हुन् ।
ती मध्ये सबैभन्दा विशेष भने हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीको केक रहेको छ । हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका छन् ।
पत्नी मधु भट्टराईका साथ धरहारा पुगेका हमालले त्यहीँ केक काटेर जन्मदिन मनाएका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।