add

ठमेलमा व्यवसायीसँग रकम असुलेपछि सोह्रखुट्टेका डिएसपी कारबाहीमा, परिसर तानिए






ActPro Nepal

|

२४ जेठ, २०७८

|
665

काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का कारवाहीमा परेका छन् ।

सेवाग्राहीसँग राम्रो व्यवहार नभएका, प्रहरी आचरणविपरीत कार्य गरेको र आर्थिक सम्बन्धी गुनासो धेरै आएको भन्दै  डिएसपी खड्कालाई कारबाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका  प्रवक्ता सुशिल सिंहले बताए । 

खड्का माथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिने गरेको आरोप छ।

प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति नै बनाएर डीएसपी खड्कामाथि अनुसन्धान थालेको थियो । 

खड्का तानिएपछि उनको स्थानमा अहिलेसम्म कसैलाई पठाएको छैन। सरुवाको समय पुगेपछि खड्का विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.