काठमाडौँ। महानगरीय अपराध महाशाखाले मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको दुई स्यानिटाइजर कम्पनीमा छापा मारेको छ।
आज महाशाखा र औषधी व्यवस्था विभागको संयुक्त टोलीले ललितपुरको इमाडोलस्थित पर्सा नेपाल इन्डस्ट्रिज प्रालि र बालाजु औधोगिक क्षेत्रभित्र रहेको कम्पनीहरुमा छापा मारेको हो।
महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको पाइएपछि पर्सा इन्डस्ट्रिज प्रालि कम्पनीका सञ्चालक आशिष प्याकुरेललाई समेत पक्राउ गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा कम्पनीले स्यानिटाइजर उत्पादनका लागि अनुमति नलिइ स्यानिटाइजर उत्पादन गरेकाे र ‘प्रयोगशालामा गरिएको परीक्षणबाट पनि उत्पादित स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि भएपछि महाशाखा र विभागको टोलीले छापा मरेको बताएको छ।
छापाका क्रमममा सो कम्पनीमा तीसदेखि चालीस हजार लिटरसम्म स्यानिटाइजर फेला परेका छन्।
अनुसन्धानका क्रममा कम्पनि दर्ता समेत नभएको देखिएपछि आधिकारिक दर्ता के कसो हो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी खापुङले बताए।
उनका अनुसार विभागको ल्याबबाट प्राप्त रिपोर्टमा सेनिटाइजरमा २४ प्रतिशतसम्म मिथानोल अल्कोहलको मात्रा देखिएको र बरामद नक्कली स्यानीटाइजर काठमाडौं लगायत देशैभरि वितरण भएको पाइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।