add

प्रतिनिधिसभा विघटनविरुद्ध ५ विद्यार्थी संगठनको संयुक्त वक्तव्य






ActPro Nepal

|

९ जेठ, २०७८

|
1034

काठमाडौं । विपक्षी दलका विद्यार्थी संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रति डकैती गरेको आरोप लगाएका छन् । 

कांग्रेससम्वद्ध नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, नेकपा माओवादी केन्द्रसम्वद्ध अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, नेकपा एमाले (माधव नेपालपक्ष) सम्वद्ध अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जनता समाजवादी पार्टी नेपालसम्वद्ध समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चासम्वद्ध अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ जेठ ८ गते संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका  छन् । सर्वोच्च अदालतले पुनर्स्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती हो,’ विज्ञप्तिमा उल्लेख छ,‘संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट संसद विघटनको घोर निन्दा र भत्र्सना गर्दछौं । संसदको विघटनले संविधानमाथि प्रहार भएको छ भने सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी बनेको छ ।’

विपक्षी विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीको सरकार देश र जनताप्रति लगातार घात गर्दै आफ्ना संवैधानिक तथा कानूनी जिम्मेवारीबाट पतन भएको समेत दाबी गरेको छ । ‘केपी ओलीको सरकार देश र जनताप्रति लगातार घात गर्दै आफ्ना संवैधानिक तथा कानूनी जिम्मेवारीबाट पतन भएको छ । संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिंदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको छ,’ सरकारले कोरोना रोकथाम र नियन्त्रणमा ध्यान नदिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो ।’

देशभरका विद्यार्थीहरूलाई सरकारको यस्तो कदमप्रति विरोध गर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनतामाथि गरेको स्वास्थय अपराध तथा संसदको विघटनका विरुद्ध एक जुट हुदै  आ-आफ्नो ठाउँ बाट प्रतिरोध गर्नको लागि हामी सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गर्दछौं ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.