add

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्चमा मुद्दा हाल्ने






ActPro Nepal

|

९ जेठ, २०७८

|
631

काठमाडौं । संसद् विघटन गरेर निर्वाचनमा जाने कदमबिरुद्ध विपक्षी दलले आज रिट दायर गर्ने भएका छन् ।

त्यसका लागि गठबन्धनमा आबद्ध दलले आज आफ्ना सांसदलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका छन् ।

संसद पुनःस्थापना र संविधानको धारा ७६ (५) अनुसार पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने भन्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार शुक्रबार अपराह्न ५ बजेसम्म बहुमत जुटाई कुनै पनि प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पद दाबी गर्न आह्वान गरेकी थिइन्।

जुन समयभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पत्र पेस गरेका थिए।

तर आफूसँग बहुमत नभएकै कारण विश्वासको मत नलिने घोषणा गरी एकैचोटि नयाँ सरकार गठनका लागि बाटो खुलाएका प्रधानमन्त्री आफैं १७५ सांसद मेरो समर्थनमा छन् भनेर सरकारको दाबी गर्न पुगेपछि राष्ट्रपतिले शुक्रबार मध्यराति दुवैको दाबी खारेज गर्र्दै प्रतिनिधि सभा विघटन गरेकी हुन्।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.