add

प्रधानमन्त्री बन्न देउवा र ओली दुवैको दाबी पुगेन : राष्ट्रपति (पत्रसहित)






ActPro Nepal

|

८ जेठ, २०७८

|
860

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेको ठहर गरेकी छन् । 

राष्ट्रपति कार्यालयबाट शुक्रबार मध्यरातमा सार्वजनिक भएकाे पत्रमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी गर्न गरको आह्वानको समयसिमाभित्र दावी पेश गरका ओली र देउवा दुवैले बहुमतको आधार पेश गर्न नसकेको भन्दै दुवैजनाको दावी पुग्ने आधार नदेखिएकाले प्रधानमन्त्रीमा नियुक्त गर्न नसकिएको उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा दाबी पेस गर्न बिहीबार आह्वान गर्दै शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन्।

निर्धारित समयभित्र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपालपक्षको समेत समर्थनमा देउवाले १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए। त्यस्तै ओलीले एमाले र जसपाका १५३ जना सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका थिए।

राष्ट्रपति कार्यालयकाे पत्रमा प्रधानमन्त्रीमा दाबी गर्ने ओली र देउवा दुवैको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको नाम जुधेको, एमाले तथा जसपाले देउवालाई समर्थन गर्ने सांसदहरुलाई कारबाही गर्ने पत्र पठाएकाे उल्लेख गरिएकाे छ ।

हेर्नुहाेस पत्र






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.