काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुई वटा अध्यादेश जारी भएको जनाएको हो । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन ।
केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री बनेर गत ३१ बैशाखमा शपथग्रहण गर्दा राष्ट्रपतिले भनेअनुसारको वाक्यांश नभनेर ‘त्यो पर्दैन’ भनेका थिए । उनको त्यो अभिव्यक्तिको विरोध भएको थियो । त्यसउपर सर्वाेच्च अदालतमा निवेदनसमेत परेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।