add

बाराको कलैयामा २ जना दाजुभाईको घाँटी रेटेर हत्या






ActPro Nepal

|

४ जेठ, २०७८

|
825

बारा। बाराको कलैयामा दुई बालकको घाँटी रेटी हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी बाराले जनाएको छ ।

सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुई छोरा करिब ५ वर्षीय छोरा अमन अन्सारी र करिब  ८ वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाइएको छ ।

घटनाबारे थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्राको टोली घटनास्थल पुगेको छ ।

स्थानीयहरुका अनुसार ति बालकहरुको मृत लास आज बिहान मदर्शा टोलमा भेटिएको हो । हिजो साँझ खेल्न भनेर घरबाट निस्किएका दुई बालक हिजोदेखि नै सम्पर्कबिहिन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट  मुचुल्का लिएर दुई बालकको शव पोस्टमार्टमको लागि पठाएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्राले  बताएका छन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.