काठमाडौं। सीइडीबी हाइड्रोपावरको आइपीओ बैशाख ३१ गते बाँडफाँड गरेको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँड गरेको हो ।२ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । १४ लाख ५१ हजार ४३२ जनाको हात रित्तो भएको छ ।
सीइडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
जसमध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यबस्था थियो ।
आइपीओमा १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका थिए ।
सिईडिबि हाइड्रोपावरको आईपीओको रिजल्ट हेर्न केही घण्टा कुर्नु पर्ने भएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलको अनुसार आईपिओको नतिजा दिउँसो ३ देखि ४ बजेपछि मात्र https://iporesult.cdsc.com.np , मेरो सेयर, सनराईज क्यापिटल र सिईडिबि हाइड्रोपावरको वेबसाइट बाट हेर्न सकिने जनाएको छ ।
मेरो सेयरमा आईपीओको रिजल्ट अपलोट गर्न समय लाग्ने भएकोले लगानीकर्ताले कुर्नु पर्ने भएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।