add

पुनः प्रधानमन्त्री बनेका ओलीको सपथग्रहण दिउँसाे साढे २ बजे






ActPro Nepal

|

३१ वैशाख, २०७८

|
905

काठमाडौँ । विपक्षी कुनै दलले बहुमत जुटाउन नसकेपछि संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन्।

उनको शपथ आज दिउँसो २ बजे गराउने तयारी शीतल निवासले गरेको छ।

गत सोमबार संसदमा विश्वासको मत माग्दा बहुमत प्राप्त हुन नसकेपछि ओली पदबाट हटेका थिए। त्यसपछि राष्ट्रपति संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई दलभन्दा बढी मिलेर बहुमतको सरकार बनाउन ३ दिन अर्थात् हिजो बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरे पनि समयसीमाभित्र बहुमत जुटाउन सकेनन्। जसले गर्दा प्रधानमन्त्री चयनको प्रक्रिया अर्काे चरणमा प्रवेश गरेको हो।

जसअनुसार राष्ट्रपतिले संविधनको धारा ७६ को उपधारा ३ अनुसार संसदमा सबैभन्दा धेरै सदस्य रहेको दल एमालेको संसदीय दलको नेता केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति दिएकी हुन्। अब उनले ३० दिनभित्र फेरि संसदमा विश्वासको मत लिनुपर्छ। त्यसबेला पनि बहुमत प्राप्त गर्न सकेनन् भने उनी पुनः पदबाट हट्नुपर्नेछ। त्यसपछि संसदमा बहुमत जुटाउन सक्ने कुनै सांसदलाई प्रधानमन्त्री बनाउने प्रक्रिया सुरु हुन्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.