काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका केही सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेका छन्।
बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक रिसाेर्टमा पुर्याएका हुन् ।
अध्यक्ष ठाकुर निकट १६ सांसदमध्ये १३ जनालाई रिसोर्टमा लगेर राखिएको छ। ठाकुर निकट एक सांसदले भने, ‘अहिले हामी पक्षकालाई भक्तपुरको एक रिसोर्टमा ल्याइएको छ। रिसोर्टको नाम खुलाउन मिल्दैन।’
उक्त रिसोर्टमा सांसदहरूको व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन्। महतो र ठाकुर सबै व्यवस्थापन गरेर फर्किने ती सांसदले बताए।
यसअघि ठाकुर र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका थिए। महन्थ र राजेन्द्रसँग भेटवार्ता लगतै सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक बोलाएका छन्।
प्रधानमन्त्रीले सदनमा विश्वास गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान भएको तीन दिनको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।