काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा नेताहरुको भेटघाट तीव्र बनेको छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।