काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन्।
सभापति देउवाले आज अपराह्न ४ बजे पदाधिकारी बैठक बोलाएको कांग्रेस सहमहामन्त्री सुनील थापाले बताए। बिहीबार बिहान जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफलपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
देउवा निवास बूढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ। बैठकमा सरकार गठनका विषयमा छलफल हुने जनाइएको छ।
बिहीबार बिहान देउवालाई भेट्न ठाकुर र महतो बूढानीलकण्ठ पुगेका थिए। उनीहरूबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको जनाइएको छ।
नेकपा (माओवादी केन्द्र)ले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि समर्थन गर्ने जनाएको छ भने जसपा दुई धारमा विभाजित छ। अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई देउवाको समर्थनमा छन् भने ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने पक्षमा छन्।
मिलीजुली सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय आज राति ९ बजे सकिँदै छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।